२६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिन्डर साटफेर गर्न सकिने केन्द्रको सङ्ख्या ११ पुर्याइएको छ ।
यसअघि आइतबारदेखि ६ स्थानमा सुरु गरिएको व्यवस्था सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको हो ।
दसैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
संघका अनुसार सोमबारदेखि काठमाडौंको चपली बुढानीलकण्ठ, ललितपुरको हरिसिद्धि, कलंकी, खसीबजारस्थित आरके ट्रेडर्स र सन्तुगलमा थप ग्यास साटफेरको व्यवस्था गरिएको छ ।
यसअघि हरिसिद्धि, कलंकी, सुकेधारा, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि, पेप्सीकोला र सिफलचौरमा ग्यास साटफेर गर्ने व्यवस्था मिलाइएको थियो ।
तोकिएका ११ केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन् । यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar