|  

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बर्दघाटमा दुर्घटना, सातजना घाइते

२६ असोज, काठमाडौं ।  काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ मा दुर्घटना भएको छ ।

दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन् । सोमबार बिहान साढे ७ बजेतिर काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

बसमा करिब ४०–४५ जना सवार रहेकोमा घाइते भएका ७ जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल,चिसापानी पठाइएको छ । घाइतेहरूको अवस्था सामान्य र मध्यम रहेको बर्दघाट प्रहरीले जनाएको छ।