|  

फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरमा एकजना पक्राउ

२६ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने किसिमको तस्बिर राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेल रहेका छन् । उनलाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाउँदै डरत्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।