|  

एमाले मुख्यालयबाट हटाइयो सशस्त्र प्रहरीको सुरक्षा, वर्षौंदेखिको तैनाथी अन्त्य

२६ असाेज,काठमाडाैं । नेकपा एमालेको ललितपुरस्थित च्यासल केन्द्रीय कार्यालयमा खटिँदै आएका सशस्त्र प्रहरी सोमबारदेखि फिर्ता भएका छन्।

पार्टी कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार २०७८ सालदेखि कार्यालयमा चौबिसै घण्टा कम्तीमा पाँच जना सशस्त्र प्रहरी सुरक्षामा खटिँदै आएका थिए। आइतबारसम्म नियमित सुरक्षा दिँदै आएको टोली सोमबारबाट हटेको हो।

यता, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रप्रसाद कार्कीले कुनै पनि राजनीतिक दलको कार्यालयमा सुरक्षाकर्मी खटाउने प्रोटोकल नरहेको दाबी गरेका छन्। गृह मन्त्रालयले केही दिनअघि मापदण्डभन्दा बढी खटिएका भीभीआईपी र भीआईपी सुरक्षाकर्मीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिएको थियो। त्यसलगत्तै एमाले मुख्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका हुन्।