|  

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरिने

२६ असाेज, काठमाडाैं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकले १० दिनको समय दिएर उजुरी माग्ने निर्णय गरेको हो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार आगामी कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्न सचिवालयलाई निर्देशन दिइएको छ। न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।