|  

एमालेमाथिको घेराबन्दी अझै सकिएको छैन, अब प्रतिवाद गर्नुपर्छ : ओली

२६ असाेज, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको भन्दै त्यसको प्रतिवाद गर्न तयार रहनुपर्ने बताएका छन्।

सोमबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र, स्वतन्त्रता र स्वाधीनता कमजोर बनाइएको दाबी गरे। निहत्था जनतामाथि बल प्रयोग भए त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको उनको भनाइ थियो। आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुने दाबी गर्दै ओलीले विगतका निर्वाचनमा समेत पार्टीलाई कमजोर बनाउने प्रयास भएको बताए। आगजनी र लुटपाट आन्दोलन नभएको उल्लेख गर्दै उनले अन्याय र बलजफ्तीविरुद्धको प्रतिरोध मात्रै वास्तविक आन्दोलन हुने धारणा राखे।