|  

आत्महत्या रोकथामका लागि नयाँ राष्ट्रिय निर्देशिका सार्वजनिक

२६ असाेज,काठमाडाैं । आत्महत्याको जोखिम समयमै पहिचान गरी आवश्यक उपचार र सहयोग उपलब्ध गराउने उद्देश्यले सरकारले ‘आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेको छ।

निर्देशिकामा जोखिमको स्तर पहिचान, सुरक्षा योजना निर्माण, प्राथमिक सहयोग र आवश्यकताअनुसार थप उपचारका लागि सिफारिस गर्ने व्यवस्था समेटिएको छ। यसले स्वास्थ्यकर्मीलाई जोखिममा रहेका व्यक्तिको सुरक्षित र प्रभावकारी उपचारमा मार्गदर्शन गर्नेछ। स्वास्थ्य सेवा विभागले सातै प्रदेश र स्थानीय तहमा निर्देशिका कार्यान्वयन गर्ने जनाएको छ। यसका लागि स्वास्थ्यकर्मीको क्षमता विकास, नियमित अनुगमन तथा आत्महत्या र आत्महानीसम्बन्धी घटनाको व्यवस्थित अभिलेखीकरणलाई प्राथमिकता दिइनेछ।