|  

दसैंको रौनकले भरियो असन-इन्द्रचोक, किनमेल गर्नेको घुइँचो

२६ असाेज,काठमाडाैं । बडादसैं सुरु भएसँगै काठमाडौंका पुराना व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड बढेको छ।

नयाँ लत्ताकपडा, जुत्ता-चप्पलदेखि पूजाका सामग्री किन्न आउने ग्राहकले बजार भरिभराउ बनेको छ।काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रबाट समेत सर्वसाधारण किनमेलका लागि पुग्न थालेपछि व्यापारीहरूको व्यस्तता बढेको छ। ग्राहकको चापसँगै असन र इन्द्रचोकमा दसैंको रौनक छाएको छ।