|  

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीको अग्रता कायमै

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत खुलातर्फका दुई सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन्।

हालसम्म ५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ मतसहित पहिलो स्थानमा छन् भने सिवाकोटीले १ हजार ५५६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै, डिल्लिराम सुवेदीले १ हजार ३३० र देवेन्द्रराज कँडेलले १ हजार १२ मत प्राप्त गरेका छन्। राजीव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन्।