|  

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

२७ असोज, काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरतस्थित मिनिस्ट्री टर्फ-१ मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो।