|  

 तामाकोसी नजिकै जरामा बेरिएको अवस्थामा २ जनाको श#व फेला

२७ असोज, काठमाडौं ।  दोलखाको भीमेश्वर नगरपालिका–५, तामाकोसी नजिकै भागे खोलामा एक बालक र एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार रुखको जरामा बेरिएर अड्किएको अवस्थामा अन्दाजी १० वर्षीय बालक र ३५ देखि ४० वर्ष उमेरकी महिलाको शव फेला परेको हो।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक दुवैको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।