|  

सांसद सुनारले भनेःअडियो प्रकरणमा मेरो कुनै संलग्नता छैन, छानबिनमा सघाउछु

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा भिडियोमार्फत उक्त अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘अहिले सामाजिक सञ्जालमा जे अडियो–भिडियो भनेर आएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन । त्यो पात्र म होइन। हामीले बोलेका छैनौँ, केही गरेका पनि छैनौँ । प्रविधिको, एआईको प्रयोग गरेर फसाउने प्रपञ्च गरिएको हो।’

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनमाथि छानबिन अगाडि बढाएको छ।