|  

सहमहामन्त्रीमा रामहरि खतिवडाको जित निश्चित

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला)पदमा रामहरि खतिवडाको जित निश्चित भएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३९ मत खसेको छ। त्यसमध्ये हालसम्म ५ हजार ५८८ मत गणना हुँदा खतिवडाले २ हजार ३५९ मत प्राप्त गरेका छन्।

खुलातर्फका दुई सहमहामन्त्री पदका लागि नौ जना प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार अजयबाबु सिवाकोटी १ हजार ७२४ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराम सुवेदी १ हजार ४५१ मतसहित तेस्रो स्थानमा छन्।

खतिवडा र सुवेदीबीच ९०८ मतको अन्तर रहेको छ। गणना भएको मत र बाँकी मतको अवस्थाका आधारमा खतिवडाको जित निश्चित भएको बताइएको छ।