|  

खगेन्द्र सुनारबारे संसदबाटै गम्भीरतापूर्वक छानबिन गरिनुपर्छः अर्याल

२७ असोज, काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा संसद्बाटै गम्भीर छानबिन हुनुपर्ने बताएकी छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सार्वजनिक अडियोप्रति गम्भीर आपत्ति जनाउँदै सम्बन्धित राजनीतिक दलसँगै संसद्ले पनि यस विषयमा छानबिन गर्नुपर्ने धारणा राखिन्।

उनले छानबिनबाट सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुनअनुसार कडा कारबाही गरिनुपर्ने बताइन्।

सांसद सुनारको दाबी गरिएको विवादास्पद अडियो सार्वजनिक भएपछि घटनाबारे छानबिन र कारबाहीको माग उठ्दै आएको छ।