|  

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी

२७ असोज, काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न बेत्रावती पुगेकी छन्।

भण्डारीले बाढीबाट प्रभावित क्षेत्र तथा फलाखू खोलामा निर्माण गरिएको बेलिब्रिजको अवलोकन गरेकी हुन्।

गत भदौ १० गते आएको बाढीले पुल बगाएपछि फलाखू खोलामा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।