|  

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी, खतिवडालाई सर्वाधिक मत

२७ असाेज, काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

औपचारिक घोषणा हुन बाँकी रहे पनि खतिवडाले २ हजार ९१९ र शिवाकोटीले २ हजार ७२ मत प्राप्त गरेको जानकारी दिएका छन्। नौ उम्मेदवारबीच भएको प्रतिस्पर्धामा डिल्लीराम सुवेदी १ हजार ८५१ मतसहित तेस्रो भएका छन्। देउवा समूह छाडेर मूलधारमा फर्किएका खतिवडा सर्वाधिक मतसहित विजयी भएका हुन्। यसअघि सोही समूहबाट फर्किएका जीवनबहादुर शाही पनि सहमहामन्त्रीमा निर्वाचित भएका थिए।