|  

आईपीयू महासभामा सहभागी भएर सभामुख अर्याल स्वदेश फर्किए

२७ असाेज, काठमाडाैं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किएका छन्।

तान्जानियाको अरुशामा आयोजित महासभामा उनले समावेशिता, विश्वास र अवसरमार्फत सुशासन अभिवृद्धि गर्ने विषयमा मन्तव्य राखेका थिए। साथै, नेपालले प्रस्तुत गरेको आपत्कालीन कार्यसूचीसम्बन्धी प्रस्ताव दुई तिहाइ मतले पारित भएको सभामुखको सचिवालयले जनाएको छ।