|  

मुलुकलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : राजेन्द्र लिङ्देन

२७ असाेज, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीति अनिश्चिततातर्फ धकेलिएको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन्।

नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अन्य राजनीतिक दलहरू असफलतातर्फ अघि बढिरहेको आरोप लगाए। यस्तो अवस्थामा देशलाई सही दिशा दिन राप्रपा सक्षम रहेको उनको जिकिर थियो। लिङ्देनले परम्परागत कार्यशैलीबाट पार्टी बलियो बन्न नसक्ने भन्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिनुपर्ने बताए। आगामी महाधिवेशनबाट पार्टीको पुनर्गठन गरी नयाँ ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले राप्रपालाई देशको नेतृत्व गर्न सक्ने शक्ति बनाउन संगठन विस्तार र सबैका लागि पार्टीको ढोका खुला गर्नुपर्नेमा जोड दिँदै नेता–कार्यकर्तालाई महाधिवेशनको तयारीमा जुट्न आग्रह गरे।