|  

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

२७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।