२७ असाेज, काठमाडाैं । भदौ १० गतेकाे रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ।
मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन्। उनले बाढी प्रभावित नागरिकको लागि अस्थायी आवास निर्माणको कार्य भइरहेको उल्लेख गर्दै होल्डिङ सेन्टरमा रहेका नागरिकहरू पहिलो प्राथमिकतामा पर्ने बताए। उनले होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित अधिकांश नागरिक भाडामा सरेसँगै होल्डिङ सेन्टरको संख्या ३७ बाट घटाएर १७ मा सीमित गरिएको पनि बताए। उनले भदौ १० गते, असोज ८ र ११ गतेको विपद्बाट प्रभावित ३५ वटा स्थानीय तहलाई संकटगस्त क्षेत्र घोषणा गरिएको समेत बताए। उनले यही असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट चार स्थानीय तह प्रभावित भएको भन्दै ती स्थानीय तहलाई पनि संकटग्रस्त क्षेत्र घोषणा गर्ने र घरभाडाको व्यवस्था गर्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छलफल भइरहेको बताए।
गृहसचिव शर्माका अनुसार बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको समेत बताए। बाढीमा परी बेपत्ता भएका व्यक्तिलाई मृतकका रूपमा प्रमाणित गरेपछि मात्रै उक्त राहत वितरण प्रक्रिया अघि बढ्ने गृहसचिव शर्माले बताए। उनले प्रभावितको विवरण वडा हुँदै स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राधिकरणमा आउने बताए। उनले बाढीमा परी मृत्यु भएकाका परिवारले सम्बन्धित स्थानीय तहमार्फत नै राहत तथा क्षतिपूर्ति पाउने समेत स्पष्ट पारे। –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar