|  

प्रधानमन्त्री बालेन शाह मंसिर ७ गते भारत जाँदै

२८ असोज, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाह आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ।

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढाइएको हो।

यद्यपि, भ्रमणको मिति र कार्यक्रमबारे नेपाल तथा भारत सरकारका तर्फबाट औपचारिक घोषणा हुन बाँकी छ।

यसअघि भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाह नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमणमा रहन सक्ने समाचार सार्वजनिक गरेका थिए।