|  

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

२८ असोज, काठमाडौं ।  भारतको नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।

भेटवार्ताबारे जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपाली समकक्षी गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्।

भेटका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि दुवै देशबीचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको शाहले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।