|  

बिहारमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृ#त्यु

२८ असोज, काठमाडौं । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार राति भएको दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको स्रोतले जनाएको छ । उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो।

घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको छ ।