|  

उदयपुरमा पूजा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर वृद्धको मृत्यु

२८ असोज, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–११ ज्योतीनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

आफ्नै घरको पूजा कोठामा साँझको पूजा गर्ने क्रममा होल्डरमा तार जोडेर बत्ती बाल्न खोज्दा ६५ वर्षीय बद्रीनारायण चौधरीलाई करेन्ट लागेको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उनकी श्रीमतीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएकी थिइन्। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।