|  

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

२८ असोज, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।