२८ असोज, काठमाडौं । बुढीगण्डकी नदीमा गत आइतबार आएको आकस्मिक बाढी हिमपहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै बाढी आउनुमा एकभन्दा बढी कारण रहेको जनाएको छ।
अध्ययनअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङदिलुङ खोला क्षेत्रमा हिमपहिरो खस्दा हिउँ, बरफ र गेग्रानसहितको ठूलो पहिरो गएको थियो। त्यसले उङदिलुङ र स्यारखोलाको दोभान थुनेपछि पानी जम्मा हुने र निकास खुल्ने क्रमबाट आकस्मिक बाढी आएको देखिएको छ।
प्रतिवेदनअनुसार चामर हिमाल र स्येराङ्दी हिमालबीचको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान ४ बजेर २० मिनेटमा पहिरो खसेको थियो। कमजोर चट्टान भएको झन्डै ६ हजार मिटर उचाइको क्षेत्रमा हिमपहिरो गएको र करिब ५ हजार ५०० मिटर उचाइमा रहेका हिमनदी, हिउँ तथा गेग्रानसमेत बगाएको उल्लेख छ।
ठूलो पहिरो जानुअघि र त्यसपछि पनि साना पहिरो गएको अध्ययनले देखाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar