|  

कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमहामन्त्री (आदिवासी जनजाति) पदमा निर्वाचित भएका छन्।

लामाले ३ हजार २४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

यसैगरी, आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यका लागि ३४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा आठ जना निर्वाचित भएका छन्।