|  

काठमाडौंको कलङ्कीमा कुटपिटबाट युवकको मृ#त्यु, एक जना पक्राउ

२८ असोज, काठमाडौं ।  काठमाडौंको कलङ्कीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई काठमाडौं खसी बजार बस्ने १८ वर्षीय रोशन पाख्रिन रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका–१४, कलङ्कीमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आरोपितलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।