|  

प्रधानमन्त्री बालेन शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन

२८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको चौथो दिन काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन्।

पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह बिहान १० बजे भगवतीको दर्शनका लागि पुगेका थिए।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि पलाञ्चोक भगवती मन्दिर पुगेका थिए।