|  

नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

२८ असोज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब उडानमा पावर बैंक बोक्न नपाउने भएका छन्।

नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

नयाँ व्यवस्थाअनुसार पावर बैंकलाई क्याबिन ह्यान्डब्याग, चेक–इन ब्यागेज वा कार्गोका रूपमा समेत लैजान पाइने छैन।