|  

भारत जाने उडानमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध

२८ असाेज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब पावर बैंक साथमा लैजान नपाउने भएका छन्।

नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध लगाइएको जनाएको हो। भारतको नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरअनुसार पावर बैंकलाई क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा समेत लैजान पाइने छैन।

यसअघि दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबादमा आकस्मिक अवतरण गराइएको थियो। यस्ता घटनाबाट उडान सुरक्षामा जोखिम बढेपछि प्रतिबन्ध लगाइएको हो।