|  

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय बाँकी

२८ असाेज, काठमाडौं । विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकिएको छ। तर उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन बाँकी छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्। १३ जनाकै सुनुवाइ प्रक्रिया पूरा भए पनि संसदीय सुनुवाइ समितिले अनुमोदनसम्बन्धी अन्तिम निर्णय गरिसकेको छैन।