|  

सङ्गठित अपराधका मुद्दामा पनि मिलापत्रको बाटो खुल्यो

२८ असाेज, काठमाडौं । सङ्गठित अपराधको आरोप लागेका व्यक्तिलाई पनि केही अवस्थामा मिलापत्रमार्फत मुद्दा टुङ्ग्याउने बाटो खुलेको छ।

महान्यायाधिवक्ता कार्यालयले मातहतका कार्यालयलाई परिपत्र गर्दै यस्तो व्यवस्था स्पष्ट पारेको हो।कार्यालयका अनुसार, एउटै मुद्दामा मिलापत्र गर्न मिल्ने अर्को कसुरसमेत जोडिएको अवस्थामा अदालतले सङ्गठित अपराधको आरोप स्थापित नभएको ठहर गरेमा मिलापत्र गर्न सकिनेछ। मिलापत्र हुने र नहुने कसुर एकै मुद्दामा समावेश भए पनि सर्तअनुसार आंशिक मिलापत्र गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि सङ्गठित अपराधमा मिलापत्रको व्यवस्था थिएन। महान्यायाधिवक्ता कार्यालयले ‘नेपाल सरकार वादी हुने फौजदारी मुद्दा मिलापत्र गर्न आदेश दिनेसम्बन्धी मापदण्ड, २०८३’ परिमार्जन गर्दै यस्तो व्यवस्था लागू गरेको हो।