|  

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृ#त्यु, तीन जना घाइते

२९ असोज, काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिप चालक २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे–३ स्यालाकी ३० वर्षीया विपना भण्डारी रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा विपनाका श्रीमान् ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

आज बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।