|  

लागुऔषध मुद्दामा रास्वपा नगर सभापति पक्राउ

२९ असोज, काठमाडौं ।  सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरीको सुरुंगा नगर सभापति लागुऔषध गाँजा मुद्दामा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लहान र सप्तरीको भेडियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बिहान करिब ११ बजे रास्वपाका नगर सभापति ४८ वर्षीय मोहम्मद साबिर अलीलाई पक्राउ गरेको हो ।

लागुऔषध गाँजा मुद्दाको अनुसन्धानका क्रममा सिराहा जिल्ला अदालतबाट ०८१ फागुन १५ गते पक्राउ पुर्जी जारी भएका उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।