|  

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

२९ असोज, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज तोलामा २२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।