२९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि साइबर बुलिङ तथा डिजिटल दुर्व्यवहार नगरेको स्वघोषणा अनिवार्य गरेको छ।
पार्टीको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुसार ‘क्यान्डिडेट क्लब’मा आवेदन दिँदा चरित्रहत्या, अनलाइन ठगी, साइबर बुलिङलगायत डिजिटल अपराधमा संलग्न नरहेको घोषणा गर्नुपर्नेछ।
त्यस्तै, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार र सार्वजनिक स्थलमा अमर्यादित व्यवहार नगरेको प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था छ। शैक्षिक प्रमाणपत्रको सत्यता, वैवाहिक अवस्था, आर्थिक शुद्धता, स्वार्थको द्वन्द्व तथा अदालतमा विचाराधीन मुद्दासम्बन्धी विवरण पनि स्वघोषणा गर्नुपर्नेछ।
स्वघोषणामा झुटो विवरण दिएको वा तथ्य लुकाएको पाइए उम्मेदवारी खारेज हुने रूपरेखामा उल्लेख छ। साथै, क्यान्डिडेट क्लबमा दर्ता भएका आकांक्षीले पार्टीको ‘लिडरशिप एकेडेमी’मा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar