|  

पाकिस्तानमा विद्यालयको छत खस्दा २० विद्यार्थी र एक शिक्षिकाको मृ#त्यु

२९ असोज, काठमाडौं । पाकिस्तानको पेशावर सहरमा विद्यालयको छत खस्दा कम्तीमा २० विद्यार्थी र एक शिक्षिकाको मृत्यु भएको छ ।

मृत्यु हुने सबै विद्यार्थी १३ वर्षभन्दा कम उमेरका रहेको  स्रोतले जनाएको छ । बिहीबार भएको घटनामा घाइते भएका एक दर्जनभन्दा बढी व्यक्तिलाई पनि अस्पताल लगिएको छ।

विद्यार्थी र शिक्षकसहित मृतकहरूलाई अस्पताल पुर्‍याउँदा नै उनीहरूको मृत्यु भइसकेको थियो।घटनामा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेको छ।

विद्यालयको छत खस्नुको कारण र घटनाबारे थप विवरण भने तत्काल सार्वजनिक भएको छैन ।