|  

प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया

२९ असोज, काठमाडौं । प्रधानमन्त्री पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार बिहान भर्ना भएकी काफ्लेको प्राध्यापक डा.प्रसन्न वीर कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।