२९ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाईमा पु¥याउने बताएका छन् ।
काँग्रेसको १५ औँ महाधिवेशनमा मुस्लिम क्लष्टरबाट सहमहामन्त्रीमा विजयी भएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम नेतृत्व भएकोले सबैलाई समेटेर अघि बढ्ने बताए । उनले देशमा सङ्कट पर्दा नेपाली काँग्रेसले नै नेतृत्वदायी भुमिका निर्वाहर गरेर समाधान गरेको उल्लेख गर्दै आगामी दिनमा पनि गर्ने बताए । विगतमा नेतृत्व तहबाट भएका कमी-कमजोरी सुधार गर्दै पार्टीले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिने उनको भनाई छ । उनले भने,‘मुलुकको इतिहासमा जब–जब सङ्कट परेको छ, तब यो देशलाई सम्हालेकै नेपाली काँग्रेसले हो । काँग्रेसले जुन कल्चर बसालेको छ, आफ्नो पहिचान बनाएको छ, त्यो पहिचानलाई निरन्तरता दिँदै र केही भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्छौँ । नेपाली जनतालाई राम्ररी थाहा छ, जब यो मुलुकमा सङ्कट आउँछ, त्यतिबेला नेपाली कांग्रेस काम आउँछ । आगामी दिनमा पनि नेपाली कांग्रेसलाई नै जनताले माया गर्नेछन् । काँग्रेस पनि एकदम मिलेर अगाडी जान्छ, पार्टी कार्यालय सानेपा सबै नेपाली काँग्रेसजनको हो । सबैको यसमा लगानी छ, सबै जना यहीँ आउनुहुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ । गगनकुमार थापा गतिशील व्यक्तित्व हुनुहुन्छ । उहाँले समाज र देश बुझ्नुभएको छ । पार्टीको आवश्यकता र नेपाली जनताको चाहना पनि बुझ्नुभएको छ । उहाँले सबैलाई मिलाएर पार्टीलाई नयाँ उचाइमा लैजानुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
उनले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन काँग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताए ।हाल सरकारका कमजोरी औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसको प्रमुख जिम्मेवारी रहेको उनको भनाई छ । उनले सरकारले चाडपर्वका बेला महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भएपनि त्यसअनुसार काम हुन नसकेको उनको टिप्पणी छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar