|  

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः देश अस्तव्यस्त अवस्थामा छ

३० असोज, काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त रहेको बताएका छन् ।

दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको बताएका छन् ।

“हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?,” उनले प्रश्न गरेका छन्, “यी सबैलाई सच्याएर मिलाएर प्रजातान्त्रिक विधि प्रकृयालाई सुदृढ पार्दै विद्यमान विश्वपरिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ ।”