|  

कात्तिक १ देखि ४ गतेसम्म काठमाडौंको फोहोर नउठ्ने

३० असोज, काठमाडौं ।   काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म दशैँका कारण फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ।

सफाइ कर्मचारीहरू पर्व मनाउन जाने भएकाले उक्त अवधिमा उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर राख्न महानगरले आग्रह गरेको छ।