|  

भारतमाथि १०० प्रतिशत भन्सार कर लाग्ने वा नलाग्ने निर्णय १० दिनभित्र हुने

३० असोज, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्।

ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्।

अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल तथा ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशत भन्सार महसुल लगाउने विधेयक पारित गरेको थियो।

राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १८ मा उक्त कानूनलाई स्वीकृति दिए पनि हालसम्म कुनै पनि देशमाथि प्रतिबन्ध लगाइएको छैन। यद्यपि, कानून पारित भएको ३० दिनभित्र यसबारे निर्णय लिनुपर्ने प्रावधान रहेको छ।