|  

तोलामा १७ सयले बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

३० असोज, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज ( शुक्रबार)सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ११५ रुपैयाँ बढेर चार हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।