३० असाेज, काठमाडाैं । नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको औपचारिक विरोध गर्दै यसलाई संसद्मार्फत नै छलफल गरी अगाडि बढाउनुपर्ने अडान राखेको छ ।
शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताएका हुन् । प्रमुख सचेतक थापाले कानूनमन्त्री सोविता गौतमले विगतमा आफैँले उठाएको संशोधनको एजेण्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको भन्दै आलोचना गरे । उनले भने,‘अहिलेको हाम्रो वर्तमान कानून मन्त्रीज्यु आफैँले हिजो राख्नुभएको संसोधन, हिजो राम्रो हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्नेकुराहरू पनि यहाँ धेरै कुराहरू उब्जिएको छ र अध्यादेश ल्याएर हिजो अध्यादेश ल्याउँदा खेरी यही भूमिसम्बन्धी अध्यादेश ल्याउँदा खेरी पनि नेपाली काँग्रेसले त्यतिबेलामा यसको विरोध नै जनाएको थियो । यसलाई दफादार रूपमा छलफलमा ल्याएर, सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेकुरामा हामी त्यतिबेलामा पनि अडिग थियौँ र आज पनि नेपाली काँग्रेस यो भूमिको जुन अध्यादेश ल्याइयो छलफल गरेर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्ने थियो भन्ने कुरामा हामी त्यही नै छौँ ।’
नेपाली काँग्रेसले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याउने प्रयास हुँदा विरोध जनाएको स्मरण गराउँदै थापाले अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar