३० असाेज, काठमाडाैं । नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य–मान्यता विपरित भएको जिकिर गर्नुभएको हो । नेतृ पन्तले सरकारसँग स्पष्ट दृष्टिकोणको अभाव रहेको बताउँदै सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा सरकारको ध्यान नगएको आरोप लगाउनु भयो । उहाँले राष्ट्रिय सभामा विधेयकहरू ल्याउन पटक–पटक आग्रह गर्दा पनि सरकारले संसदको गरिमा नराखेको गुनासो गर्नुभयो । सहकारी ऐनका केही प्रावधानमा विपक्षले विरोध गर्दागर्दै पनि सरकारले बहुमतको दम्भमा त्यसलाई अगाडि बढाएको उहाँले स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार सैद्धान्तिक रूपमा विचलित छ । सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? हप्तैपिच्छे कानून संशोधन गर्ने र अध्यादेशको सहारा लिने कार्यशैलीले सरकारको असफलता पुष्टि हुन्छ । हामीले पटक–पटक संसदीय प्रक्रियामार्फत कानुन बनाउन सुझाव दिएका थियौँ । राष्ट्रिय सभामा विधेयक ल्याएको भए हामीले घनिभूत छलफल गरी त्यसलाई परिष्कृत गर्न सक्थ्यौँ, तर सरकारले संसद् छल्ने बाटो रोज्यो । विपक्षले दिएका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनुको साटो सरकारले हामीलाई शत्रुको रूपमा हेर्छ । यो सरकार विक्षिप्त अवस्थामा छ ।’
प्रतिपक्षलाई विश्वासमा लिनुको साटो शत्रुतापूर्ण व्यवहार गरेको पन्तको आरोप छ । काँग्रेस महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहित सरकारलाई सही बाटोमा हिँडाउने कार्यमा लाग्ने पन्तले प्रतिवद्धता जनाउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar