|  

ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

३० असोज, काठमाडौं । नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटवार्तामा नेपाल र ब्रुनाईबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

दुवै पक्षले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए।