|  

विश्वकप लिग-२ मा आज नेपाल र क्यानडा भिड्दै

३१ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपाल र क्यानडा दुवैका लागि यो खेल अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने महत्त्वपूर्ण अवसर हो।

नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्ष छमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ भने क्यानडा पनि शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जितको खोजीमा हुनेछ।

नेपालले आजको खेल जितेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ। अंकतालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि रहेको छ।