|  

कार्यभार सम्हालेको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरीद्वारा राजीनामा

३१ असोज, काठमाडौं । अमेरिकी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केट जाकारियाले पद सम्हालेको पाँच दिनभित्रै राजीनामा दिएकी छन् ।

उनले पहिलो पत्रकार सम्मेलनमा आलोचना खेपेपछि पद छाड्ेको स्रोतले जनाएको छ । मङ्गलबार भएको पहिलो पत्रकार सम्मेलनमा जाकारियाले १५ मिनेटभन्दा कम समय बिताउँदै पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिएकी छन् ।

उनको प्रस्तुतिलाई लिएर व्यापक आलोचना भएको थियो। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जाकारियालाई राजीनामा दिन सुझाव दिएको स्रोतले जनाएको छ ।

जाकारिया क्यारोलिन लेभिटको स्थानमा ह्वाइट हाउसको ३७औँ प्रेस सेक्रेटरी नियुक्त भएकी थिइन् । अक्टोबर ९ मा नियुक्तिको घोषणा गरिएको उनले अक्टोबर १२ देखि औपचारिक रूपमा कार्यभार सम्हालेकी थिइन् ।