|  

आर्थिक कारणले दसैँ कसैका लागि बोझ बन्नु हुँदैनः प्रधानमन्त्री

३१ असोज, काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले बडादसैँको अवसरमा शुभकामना दिँदै आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्।

शुभकामना सन्देश जारी गर्दै उनले दसैँ नेपाली समाजको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व भएको उल्लेख गरेका छन्। दसैँले पारिवारिक मिलन, आत्मीयता, एकता र सामाजिक सद्भावलाई बलियो बनाउने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले रोजगारीको बाध्यताले विदेशिनुपर्ने र चाडपर्वमा समेत परिवारसँग मिलन हुन नसक्ने नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। गाउँघर रित्तिँदै जानु तथा आर्थिक कठिनाइका कारण चाडपर्वको खुसीमा कमी आउनु दुःखद् भएको उल्लेख गर्दै उनले यस्तो अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

सरकार देशको समृद्धि, सुशासन र नागरिकको सुखद जीविकाका लागि प्रतिबद्ध रहेको जनाउँदै उनले आर्थिक सम्पन्नतामार्फत चाडपर्वलाई थप उल्लासमय बनाउन सरकार लागिपरेको बताएका छन्।

 >